सेयर बजार अपडेट : ५२.३५ अंकले घट्यो नेप्से

लोकपथ
156
Shares

काठमाडौं । सेयर बजारले आज पनि ओरालो यात्रा तय गरिरहेको छ । कारोबार खुलेको डेढ घण्टा बित्दा सेयर बजार ५२ अंकले घटेको छ । १२ बजेर ३० मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३५ अंकले घटेर २७०६.१२ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म १ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । यस अवधिमा १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ ।

यसैबीच, मनकामना स्मार्ट लघुवित्तको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?