गुराँस लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

लोकपथ
78
Shares

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १७.७९६२८८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १६.९०६४७४५ प्रतिशत बोनस सेयर र ०.८८९८१४४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?