सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
156
Shares

काठमाडौं । आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?