काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
सोमबार (आज) अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश विभाजन खारेजीको विषयमा कुरा हुने स्रोतले जनाएको छ । यसअघि बसेको बैठकमा समेत सो विषयमा कुराकानी भएको थियो भने सत्तारुढ गठबन्धनको बैठकमा समेत उक्त अध्यादेशका विषयमा कुराकानी भएको थियो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले उक्त अध्यादेशका विषयमा छलफललाई सरकारले अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया