बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

लोकपथ
1.3k
Shares

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज (सोमबार) बाट बिक्री खुला भएको छ

कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। जसमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि असोज १४ गते आवेदन दिन सक्नेछन्। उक्त अवधिमा माग गरिएजति आवेदन नपरेको खण्डमा भने ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

उक्त आईपीओको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ। यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?