साम्पडोरिया युभेन्टससँग पराजित

लोकपथ
234
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । आइतबार भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको मैदानमा पाउलो डिबलाले दशौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, डिबला चोट बोक्दै २१ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

खेलको ४३ औं मिनेटमा लियोनार्डो बोनुचीले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई २-० को अग्रता दिलाए । ४४ औं मिनेटमा माया योसिडाले गोल गर्दै साम्पडोरियालाई २-१ को स्थितिमा ल्यायो ।

खेलको ७८ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गर्दा युभेन्टस ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८३ औं मिनेटमा साम्पडोरियाका एन्टोनियो कान्ड्रेभाले एक गोल फर्काएपनि युभेन्टस ३-२ ले विजयी भयो ।

यस जितसँगै युभेन्टसले ६ खेलमा ८ अंक जोडेको छ । युभेन्टस नवौं स्थानमा रहेको छ । साम्पडोरिया ५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?