बार्सिलोनाको सहज जित

लोकपथ
234
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हात पारेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६ मिनेटमा डीपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए । जितसँगै बार्सिलोनाले ६ खेलमा १२ अंक जोड्दै बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ ।

लेभान्टे ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?