काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम आर्सनलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले समान एक एक गोल गरे ।
टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए ।
जितसँगै आर्सनलले ६ खेलमा ९ अंक जोड्दै १० औं स्थानमा रहेको छ । टोटेनहम ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया