नेपाल ओमानसँग पराजित

लोकपथ
392
Shares

काठमाडौं । ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे । यस्तै फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?