९ कार्तिक २०७८, मंगलवार

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

२०७८,आश्विन,११,सोमवार ०७:२८

54
Shares

गलेश्वर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । म्याग्दीको गाउँ/नगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेनी नगर सभापति पदमा रवीन्द्र कार्की निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा कार्कीले सभापतिका उम्मेदवार विक्रम बोगटीलाई आठ मतले पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित भएका हुन् ।

रघुगङ्गा गाउँपालिकामा मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन भएका छन् । उनी रघुगङ्गा–६ पाखापानीका वडाध्यक्षसमेत हुन् । पश्चिम म्याग्दीको धौलागिरिमा प्रेम पुन ,मालिकामा खिम पुनः र मङ्गला गाउँपालिकामा नरसिंह खत्री सर्वसम्मत सभापति निर्वाचित भएका छन् ।

यसैगरी मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस मुस्ताङका अनुसार लोमान्थाङमा छेवाङ झिम्मी विष्ट, लोघेकर दामोदरकुण्डमा टसी लेन्डुप गुरुङ, घरपझोङमा यामप्रसाद थकाली, थासाङमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मतरुपमा चयन भएका छन् ।

प्रकाशित मिति: २०७८,आश्विन,११,सोमवार ०७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै

लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने

घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७