९ कार्तिक २०७८, मंगलवार

क्यान्सर उपचारमा ठूलो रकम पलायन भएको छ : राज्यमन्त्री श्रेष्ठ

२०७८,आश्विन,१०,आईतवार २२:११

162
Shares

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर उपचारका लागि ठूलो रकम विदेशिएको बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव तथा १७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा उनले क्यान्सर उपचार स्वदेशमै हुने गरी अस्पताललाई सुधार गर्नुपर्ने बताए ।

क्यान्सर रोगको उपचार अति महँगो भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, “क्यान्सर उपचारका लागि विपन्न उपचारमार्फत् दिइँदै आएको एक लाख रुपैयाँलाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने निर्णय सरकारले गरिसक्यो ।” क्यान्सर अस्पताललाई आवश्यक पर्ने पेटस्क्यान, पेटस्क्यानलाई आवश्यक पर्ने साइकोटन, लिन्याक्स एक्सिलेटरलगायतका ठूलो उपकरण खरिद गर्ने योजना बनाइरहेको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको भन्दै उनले भने, “जबसम्म सार्वजनिक स्वास्थ्यलाई सुधार गर्न सक्दैनौँ तबसम्म निजी अस्पतालले ‘डोमिनेट’ नै गर्छन् ।” अब निजी अस्पतालको अनुगमनलाई कडाइ गरिने भन्दै राज्यमन्त्री श्रेष्ठले कुन क्षमताको अस्पताल कस्तो हुनुपर्छ भन्ने कुरा कडाइका साथ अनुगमन हुने बताए ।

फरक प्रसङ्गमा उनले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताए । उनले दसैँ सम्म एक करोड ६० लाख खोप लगाइसक्ने जानकारी दिए । कात्तिकसम्ममा ३३ प्रतिशत नेपालीलाई खोप लगाइसक्ने उनको भनाइ थियो । “पर्यटकीय र आर्थिक गतिविधि बढी हुने ठाउँमा प्राथमिकता दिएर खोप लगाइने छ”, उनले भने । नेपाललाई अब तीन करोड २३ लाख खोप आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले भने,“त्यसको सुनिश्चितता हामीले गरिसकेका छौँ ।” बालबालिकालाई आवश्यक पर्ने खोपको पनि व्यवस्था भइसकेको उनले बताए । उनका अनुसार बालबालिकाका लागि एक करोड खोप ल्याउने सुनिश्चितता भइसकेको छ । त्यसका लागि केही खोपका लागि रकमसमेत बुझाइसकेको उनले जानकारी दिए । उनले दसैँलगत्तै बालबालिकालाई लगाइने खोप आउने बताए ।

प्रकाशित मिति: २०७८,आश्विन,१०,आईतवार २२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै

लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने

घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७