मधेसका मुद्दामा गम्भीर हुन लोसपा अध्यक्ष ठाकुरको आग्रह

लोकपथ
104
Shares

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरेका छन् ।

जनकपुरधाममा आज लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थितरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाए ।

उनले मधेस समस्या समाधान गर्न हालसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए । देशमा सङ्घीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसको मुद्दाको सवालमा जानकारी गराएको उनले स्पष्ट पारे । उनले मधेसका एजेन्डा सुरुदेखि आफूहरूले नै उठाएकोे र अहिले पनि त्यसमा कायम नै रहेको बताए । अध्यक्ष ठाकुरले भने, “संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायत मुद्दा हामीले निरन्तर उठाइरहेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?