विश्व पर्यटन दिवस : विभिन्न देशका राजदूत एकैपटक पोखरामा

लोकपथ
156
Shares
kf]v/f, !) c;f]h . ljZj ko{6g lbj;sf] cj;/ kf/L u08sL k|b]z ;/sf/sf] lgdGq0fdf kf]v/f cfdGq0f ul/g’ePsf ljb]zL /fi6«sf /fhb”tx¿nfO{ kf]v/f ljdfg:yndf :jfut ub}{ u08sL k|b]zsf ko{6g, pBf]u, jfl0fHo tyf cfk”lt{ dGqfnosf ;lrj 1fg]G› kf}8]n, sf:sLsf k|d’v lhNnf clwsf/L yfg]Zj/ uf}td, kf]v/f ko{6g kl/ifbsf cWoIf uf]kLaxfb’/ e§/fO{nufotsf ko{6g Jofj;foLx?n] :jfut ub}{ . t:jL/ M /flwsf sF8]n, /f;;

गण्डकी । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आज पोखरा आएका छन् ।

उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे ।

कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आएका छन् । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूटनीतिक नियोगका प्रमुखसमेत पोखरा आएका छन् ।

राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको सचिव पौडेलले बताए । विदेशी राजदूतसहित विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताए । यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उनले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राखे ।

राजदूतसहितको टोलीको सम्मानमा आज साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको छ । सोमवार कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ ।

सोमवारै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उनीहरू सहभागी हुने कार्यक्रम छ । विशिष्ट कूटनीतिज्ञको पोखरा आगमनले विश्व पर्यटन बजारमा पोखराको सकारात्मक सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए ।

“यतीका सङ्ख्यामा राजदूतसहितका कूटनीतिज्ञ पोखराको औपचारिक भ्रमणमा आउनुभएको सम्भवतः यो पहिलो पटक हो”, उनले भने, “कोरोना प्रभावित पर्यटनलाई लयमा फर्काउनका लागि पनि यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने छ ।” भ्रमणले पोखरा एक पटक घुम्नैपर्ने गन्तव्य हो र पर्यटकलाई आतिथ्यता प्रदान गर्न यहाँका व्यवसायी तयार छन् भन्ने सन्देश पनि यस भ्रमणले दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?