मुख्यमन्त्री पोखरेलसँग राष्ट्रसङ्घ नेपालका प्रमुखको भेटवार्ता

लोकपथ
156
Shares
kf]v/f, !) c;f]h . u08sL k|b]zsf d’VodGqL s[i0frGb| g]kfnL kf]v/]n / ;++o’Qm /fi6« ;+3sf nflu g]kfn k|d’v ;f/f a];f]nf] gfGtLaLr cfOtaf/ d’VodGqL sfo{nodf ePsf] e]6jftf{ . ljZj ko{6g lbj;sf cj;/df u08sL ;/sf/sf] lgdGq0fdf g]kfnl:yt /fhb”t tyf ljsf; ;fem]bf/ ;+:yfsf k|d’vsf nflu cfof]lht ljz]if sfo{qmddf efu lng a];f]n] kf]v/f cfpg’ePsf] xf] . t:jL/ M ;f}hGo M d’VodGqLsf] ;lrjfno, u08sL k|b]z, /f;;

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भेटवार्ता भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आएकी साराले मुख्यमन्त्री पोखरेलसँग उनको कार्यालयमा भेटवार्ता गरेकी हुन् ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गर्दै सुरक्षा परिषद्देखि विभिन्न समितिमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको बताए ।

संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले राष्ट्रसङ्घकै नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए । राष्ट्रसङ्घले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैङ्गिक विकास, मानव अधिकार, दिगो विकास लक्ष्य हासिलका लागि गरेको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ ।

“सुशासनको प्रत्याभूति, सङ्घीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ”, उनले भने । कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरू अग्रसर रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नुपर्ने धारणा राखे ।

संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख साराले दिगो आर्थिक विकास, प्रदुषणमुक्त रोजगारी आफूहरूको पहिलो प्राथमिकता रहेको बताइन् । “संयुक्त राष्ट्रसङ्घले पाँच वर्षका लागि विकास फ्रेमवर्क बनाउँदैछ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउने छौँ”, उनले भने ।

दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्रसङ्घले अझै सघाउने उनले प्रतिबद्धता व्यक्त गरिन् । भेटमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्रसङ्घको भूमिकाका सम्बन्धमा प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?