१. बितेको २४ घण्टामा गरिएको १३ हजार ७ सय ३६ परीक्षणमा थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार २ सय ७९ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु ।
२. सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे सहमति जुट्न सकेन, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई गठबन्धनको आग्रह
३. आफूले प्रधानमन्त्री हुँदा दुई–दुई पटक गरेको प्रतिनिधिसभा विघटन सही भएको भन्दै एमाले अध्यक्ष ओलीद्वारा आफ्नो बचाउ, ताजा जनादेशमा जाने निर्णय ठीक भएको दाबी
४. दश बुँदे सहमति कार्यान्वयन नहुँदा एमालेमा असन्तुष्टि बढ्यो, विधान महाधिवेशनमा ५ हजार नेता कार्यकर्ताले भाग लिने ।
५. कांग्रेसको १४औँ महाधिवेशनका लागि स्थानीय तहमा धमाधम नेतृत्व छनोट हुँदै, कतै शेरबहादुर देउवा र कतै रामचन्द्र पौडेल पक्षको वर्चश्व ।
६. सरकारद्वारा रोजगारीका लागि इजरायल पठाउन १ हजार ६ सय नेपाली कामदारको नाम सिफारिस, सिफारिसँगै सम्झौताअनुसार इजरायल जाने बाटो खुल्यो ।
७. ‘साढे ३३ किलो सुन’ प्रकरणको अन्तिम सुनुवाइ मोरङ जिल्ला अदालतमा सुरु, सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार ।
८. काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि विराटनगर अदालतको गेटैमा खुकुरी प्रहार, प्रहार गर्ने २५ वर्षीय युवक प्रकाउ, घटनाबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ ।
९. झण्डै ६ महिनापछि खुले काठमाडौं उपत्यकाका विद्यालय, लामो समयपछि विद्यालय आउँदा विद्यार्थी खुशी ।
१०. नेपालको सार्वजनिक ऋण २१ प्रतिशतले बढ्यो, मुलुकले तिर्न बाँकी ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ, चार वर्षमा झण्डै दोब्बर भयो सार्वजनिक ऋण ।
११. आइतबार नेपाली सेयर कारोबार मापक नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ५० करोडमा सीमित ।
१२. चिनियाँ चासोका बीच अमेरिकी राष्ट्रपति बाइडेनले गरे इन्डो प्यासिफिक नेताको बैठक, चीनले जबर्जस्ती आर्थिक व्यवहार र सैन्य गतिविधि बढाएको बाइडेनको आरोप ।
१३. अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा ४ अपहरणकारीको गोली हानी हत्या, अपहरणका घटना नदोहोरियोस् भन्दै गोली हान्नु परेको प्रस्टोक्ति ।
१४. नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग प्रतिस्पर्धा गर्दै, मैत्रीपूर्ण खेलमा जित हात पार्ने दाउमा नेपाल ।
१५. र चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा पोखरा र भैरहवाबीचको खेल नतिजाविहीन, वर्षा बाधक बनेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाए
https://www.facebook.com/lokpath/videos/665995211459097
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया