९ कार्तिक २०७८, मंगलवार

केन्द्रीय कमिटी बैठकमा घनश्यामले उठाए जबजमाथि प्रश्न

२०७८,आश्विन,१०,आईतवार १९:४६

117
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढनै नसकिने तर्क समेत गरे । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आईतबार सम्पन्न पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भने, ‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेको छैनौ– अहिलेसम्म । त्यसलाई सिद्धान्तको रुपमा परिभाषित गरेका छैनौं, अफिसियल्ली आधिकारिक रुपले । त्यसलाई ब्याख्या गरेका छैनौ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौं । जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौं । तर त्यो के होे ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’

उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ति छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे । उनले थपे, ‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौं । त्यो चाँही हामी जस्ले जे भन्छ, त्यो आँखा नदेख्नेले हात्ति छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । त्यसलाई परिभाषित गरेका छैनौं । जनताको बहुदलीय जनवादले के गर्छ ? साम्राज्यवादको विरोध गर्छ । जनताको समर्थन गर्छ, जनताको पक्ष लिन्छ । महिलाको पक्ष लिन्छ । युवाको पक्ष लिन्छ, यस्ता अनेकन कुरा भन्न सकिन्छ । तर स्वयम् जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौं ।’

उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामी भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए । त्यसैगरी उनले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पारे । उपमहासचिव भुसालले भने, ‘हामीले छलफल ग¥यौं । खासगरी दस्तावेजहरुमा धेरै कुराहरु आवश्यक र उचित कुराहरु पनि छन । तर त्यसमा चाँही नपुगेका केही आधारभूत कुराहरु पनि छन भन्ने मेरो भनाई हो । मलाई लागेको त्यो हो–जुन मैले बैठकमा राखेको छु । स्थायी कमिटी बैठक र केन्द्रिय कमिटी बैठकमा पनि राखेको छु । तीन वटा कुरामा खासगरी अहिले कम्युनिष्ट आन्दोलनले जुन धक्का खाएको छ । त्यो धक्का सानोतिनो छैन । यसले गर्दाखेरी यहाँ अझ जिम्मेवारपूर्वक त्यसलाई बस्तुगत रुपले त्यसको मूल्यांकन गरौं हामीले । यसमा हाम्रै पनि के–के कमी भएका छन ? त्यस बारेमा पनि हामीले नलुकाई दुनिँयाको सामुन्ने भन्न सक्नुपर्छ । क्रान्तिकारी पार्टीले, फेरी उठने, मुलुकको जिम्मेवारी बोक्ने पार्टीले कुराहरु लुकाउनु हुँदैन भनेर एउटा मुख्यकुरा मैले राखेको ।’

प्रकाशित मिति: २०७८,आश्विन,१०,आईतवार १९:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । क्रियाशील सदस्यता वितरण र नवीकरण न्यायसंगत नभएको भन्दै नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ता कांग्रेस मुख्यालय सानेपामा धर्ना बसेको

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् । उनले

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७