ओखलढुंगाका ८ वटै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, को-को भए विजयी ? (नामावलीसहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । ओखलढुंगामा रहेका ८ वटै पालिकामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाको मानेभन्ज्याङमा आइतबार (आज) अबेर सर्वसम्मत निर्वाचन सम्पन्न भएको हो ।

मानेभन्ज्याङको सभापतिमा देवबहादुर पुलामी, उपसभापतिमा मेघ बहादुर कार्की, शंकर श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा मेजल राई, ईश्वरी ढुंगेल लगायत सर्वसम्मत भएको जिल्ला निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार सिद्धिचरण नगरपालिका प्रेम गुरुङ निर्वाचित भएका छन् । गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २४ मतले परिजित गर्दै १२२ मतसहित विजयी भएका हुन् ।

त्यसैगरी चिशांखुगढी गाउँपालिकामा सभापतिका लागि मात्र निर्वाचन भएको थियो भने अन्य पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की निर्वाचित भएका छन् । १७८ मतदाता रहेको उक्त पालिकामा कार्कीले आफ्नो प्रतिद्वन्द्वीलाई १५ मतले हराउँदै ९८ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी लिखु गाउँपालिकामा कुमारराज सुवेदी, सुनकोसी गाउँपालिकामा विष्णु खड्का, सम्पादीगढी गाउँपालिकामा विष्णु पुलामी र खिजिदेम्वा गाउँपालिकामा राम सुनुवार सर्वसम्मत निर्वाचित भएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?