ओलीको राजनीतिक प्रतिवेदनमाथि भुसालको फरक मत, यी हुन् तीन बुँदा

लोकपथ
910
Shares

काठमाडौं । बिहीबारदेखि नेकपा एमालेको केन्द्रीय कमिटी जारी छ ।

आगामी विधान महाधिवेशनको एजेण्डाहरु तय गर्नका लागि बोलाइएको बैठकमा एमाले उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव भुसालले टिप्पणी गर्दै तीन बुँदे फरक मत राखेका हुन् ।

आइतबार (आज) को बैठकमा आफूले राखेको राजनीतिक प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यस लगत्तै नेता भुसालले बैठकमा आफ्नो ३ बुँदे फरक मत दर्ता गराएका हुन् ।

ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि भुसालले जबजबारे अस्पष्टता रहेको, संसद विघटनबारे प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै प्रश्न उठाएका हुन् ।

एमाले विभाजनपछि एमालेमै मध्यमार्गी भूमिकामा रहेका तेस्रो तहका नेताहरुले केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?