८ कार्तिक २०७८, सोमवार

सोमालियामा बम आक्रमण : ७ जनाको मृत्यु, ९ घाइते

२०७८,आश्विन,१०,आईतवार १८:३१


काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ ।

उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।

शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । त्यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

प्रकाशित मिति: २०७८,आश्विन,१०,आईतवार १८:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले शनिबार बताएका छन् । ‘हामीसँग कान्ट सहरमा रुसी बेस छ।

काठमाडौं । उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । स्थानीयहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् ।

रुस । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक

ताजा समाचार

नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९