कोरोना संक्रमणको हिसावले नेपाल कति औँ स्थानमा ?

लोकपथ
1.5k
Shares

काठमाडौं । कोरोना संक्रमणको हिसावले नेपाल विश्वको ४३ औँ स्थानमा रहेको छ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै नेपालको स्थानसमेत कमि आएको हो ।

कोरोनाको तथ्यांक मापन गर्ने वल्डोमिटरको तथ्यांकका अनुसार जोर्डनपछि नेपालको स्थान रहेको छ । भने नेपालपछि भियतनाम रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७ सय ३६ जनाको परीक्षण गर्दा ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म ७ लाख ६१ हजार १ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार २ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार भन्दा कम रहेको छ ।

हाल नेपालमा १९ हजार १ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?