ओखलढुंगामा सुरक्षा चुनौतीका बीच पालिका अधिवेशन : ७ वडामा सम्पन्न, माने भन्ज्याङमा जारी

लोकपथ
644
Shares

काठमाडौं । ओखलढुंगा जिल्लामा रहेका ८ मध्ये सातवटा पालिकामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाको माने भन्ज्याङ गाउँपालिकाबाहेक अन्य सबै पालिकामा महाधिवेशन सम्पन्न भइसकेको छ । भने मानेभन्ज्याङमा निर्वाचन भइरहेको निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार सिद्धिचरण नगरपालिका प्रेम गुरुङ निर्वाचित भएका छन् । गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २४ मतले परिजित गर्दै १२२ मतसहित विजयी भएका हुन् ।

त्यसैगरी चिशांखुगढी गाउँपालिकामा सभापतिका लागि मात्र निर्वाचन भएको थियो भने अन्य पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की निर्वाचित भएका छन् । १७८ मतदाता रहेको उक्त पालिकामा कार्कीले आफ्नो प्रतिद्वन्द्वीलाई १५ मतले हराउँदै ९८ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी लिखु गाउँपालिकामा कुमारराज सुवेदी, सुनकोसी गाउँपालिकामा विष्णु खड्का, सम्पादीगढी गाउँपालिकामा विष्णु पुलामी र खिजिदेम्वा गाउँपालिकामा राम सुनुवार सर्वसम्मत निर्वाचित भएको पौडेलले जानकारी दिए ।

जिल्लामा अधिवेशन प्रभावित पार्न खोज्ने ३ जनालाई कारबाही गरेसँगै सुरक्षा चुनौती थपिएको उनले बताए । ‘पार्टीको विधानविपरीत काम गर्नेलाई निर्वाचन अधिकृत (मैले) कारबाही गरेँ । जसको कारण सुरक्षा चुनौती थपिएको छ । जसको कारण जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट सुरक्षाकर्मी खटाइएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?