कांग्रेसका महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आफू कोराना संक्रमित भएको जानकारी दिँदै महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

महामन्त्री खड्काले लेखेका छन् “८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको , आज १० गते एन्टिजेन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध ! ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?