ओलीको बचाउ : संसद् विघटन हिजो, आज र भोलि पनि ठीक

लोकपथ
325
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने कुरा राम्रो भएको बताएका छन् । आइतबार केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको बताएका हुन् ।

बैठकमा जवाफ दिँदै ओलीले भनेका छन् ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद् विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठीक थियो, आज पनि ठीक छ र भोलि पनि ठीक हो ।’

‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?