प्युठानमा जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने

लोकपथ
403
Shares

प्यूठान । प्युठानको झिम्रुक गाउँपालिका जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दिहाल्नाचौरस्थित लालिगुराँस रङ्गशालामा उक्त प्रतियोगिता असोज २१ गतेबाट हुनेभएको हो ।

नेपाल खेलकुद महासंघ नौबहिनी–४ को आयोजनामा जिल्लास्तरीय टी-२० किक्रेट प्रतियोगिता हुने खेलकुद महासंघ नौबहिनीले बताएको छ । जिल्लास्तरबाट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

देशका विभिन्न जिल्लामा रहेका दर्जनभन्दा बढी क्लब र समूहको सहभागिता हुने अनुमान गरेको आयोजकले बताएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ठूला प्रतियोगितामा सहभागी हुन सहयोग पुग्नेछ भन्दै आयोजक टोलीका संयोजक टिबी पुनले भने, ‘क्रिकेटको विकास गर्नलाई साना–ठूला प्रतियोगिता निरन्तर भइराख्नु जरुरी छ ।’

सानो उमेरका युवाहरूले विगतका वर्षहरूमा उत्कृष्ट प्रदर्शन गरेको र उनीहरूलाई अझ बलियो बनाउँदै लैजान यस्ता वातावरण मिलाउन आफूहरू धेरै वर्षदेखि लागिरहेको पुन बताउँछन् ।

आयोजक समितिका सदस्य अर्जुन एमसीले युवाहरूमा क्रिकेटप्रति धेरै लगाव भएको भन्दै क्रिकेटको विकासकालाई सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

प्रतियोगितामा बिजेता हुने टोलीले आकर्षक ट्रफीका साथै नगद ३० हजार रूपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागी हुन चार हजार रूपैयाँ तिरेर असोज २० गतेभित्र टिम दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । खेल असोज २१ गतेदेखि प्रस्तावित लालिगुराँस रङ्गशालामा सञ्चालन हुनेछ ।

भौगलिक सौन्दर्यताले सजिएको यो ठाँउ पर्यटकीय हिसाबले पनि सबैका लागि आकर्षणको केन्द्रबिन्दु बन्न पुगेको छ । दिहाल्नाचौरबाट माछापुच्छ्रे, धवलागिरि र जलजला हिमालको दृश्यावलोकन समेत सहभागीहरूले गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?