माधवकुमार नेपालको भनाइप्रति ओलीको कटाक्ष

लोकपथ
322
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेप्रति नेपालले व्यक्त गरेको भनाइप्रति कटाक्ष गरे ।

नेता नेपालले शनिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा एमालेलाई बत्ति बालेर खोज्नुपर्ने बताएका थिए ।

सो भनाइप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले एमाले सकिएको देख्नु मच्छरले सपनामा हात्ती निलेको देख्नु जस्तै भएको टिप्पणी गरे ।

‘मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र माधव नेपाल ले आगामि चुनावमा एमाले लाई टर्चबालेर खोज्नु पर्छ भन्नू उस्तै हो ।’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?