काठमाडौं । नेकपा एमालेमा अब ७० वर्षे उमेर हद कायम राखिने भएको छ । यसअघि पनि व्यवस्था गरिएको उमेर हद पुन राखिन लागिएको हो ।
बिहीबारदेखि जारी एमालेको आइतबारको केन्द्रीय कमिटी बैठकमा एमाले उपमहासचिव विष्णु पौडेलले सो कुरा जानकारी गराएका हुन् ।
ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकमा विधान संशोधन कार्यदलका संयोजक समेत रहेका नेता पौडेलले पार्टी भित्र ७० वर्षे हदम्याद राख्नेबारे प्रस्ताव गरेका थिए ।
आगामी विधान महाधिवेशनको एजेण्डाहरु तय गर्नका लागि जारी बैठकमा ७० वर्षे उमेर हदलाई जारी राख्नुपर्नेमा जोड दिए ।
बैठकमा उनले भने, ‘यसबारे महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो तर अहिले यसलाई कायमै राखिनेछ ।’
आगागी असोज १५ देखी १७ गतेसम्म हुने एमालेको विधान महाधिवेशनको कार्यसूची तय गर्नका लागि असोज ८ गतेबाट बैठक जारी छ । बैठकमा राजीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावका विषयमा छलफल र पारित गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया