ईपीएल : वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन

लोकपथ
195
Shares

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल स्थगित भएको छ ।

भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएको हो । खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक पाएको छ ।

पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?