यस्ता ड्राइ फ्रुट्सको सेवनले मधुमेह नियन्त्रणमा गर्छ

लोकपथ
1.5k
Shares

मधुमेह अर्थात् सुगरका बिमारीहरूको संख्या अहिले नेपालमा मात्र नभएर विश्वभर दिन प्रतिदिन बढी रहेको छ । स्वस्थ जीवनशैली नअपनाउने र गलत किसिमका खानपिन गर्ने व्यवहारले गर्दा नै मधुमेह भएका व्यक्तिको संख्या बढेको देखिन्छ ।

मधुमेहको समस्यालाई नियन्त्रण गर्ने उपाय भनेको आफूले गर्ने गरेको अव्यवस्थित खानपिनमा नियन्त्रण र शारीरिक अभ्यासलाई निरन्तरता दिनु नै देखिएको छ । शारीरिक श्रम वा अभ्यासलाई कायम राखेर खानपिनमा नियन्त्रण गर्न सकेमा रगतमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्न सकिने विभिन्न शोध र अनुसन्धानले बताइरहेको छ ।

मधुमेहको समस्या भएका व्यक्तिमा शारीरिक कमजोरी देखिने गर्छ त्यसैले उनीहरूले ३–४ घण्टाको अन्तरमा केही न केही खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा मधुमेह भएका व्यक्तिले खाने गरेको खानेकुराले उनीहरूको भोकलाई शान्त बनाउनुका साथै शरीरमा खानाको कमीको कारण भएका कमजोरीलाई पनि कम गर्ने किसिमको हुनुपर्छ । यो बाहेक उनीहरूले खाने गरेको खानेकुराले शरीरमा सुगरको मात्रा पनि बढ्न नदिने खालकै हुनुपर्छ ।

मधुमेह भएका व्यक्तिहरूलाई शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्ने, भोकलाई शान्त बनाउने र शरीरमा शक्ति पनि प्राप्त गर्ने सबैभन्दा उपयुक्त खानेकुरा ड्राई फ्रुट्स नै हो । त्यसैले मधुमेह भएका व्यक्तिहरूले ड्राई फ्रुट्सलाई नियमित सेवन गरेमा मधुमेहलाई बढ्न नदिनुका साथै भोकलाई नियन्त्रण पनि गर्न पनि मद्दत गर्छ ।

ओखर
ओखरमा अत्यधिक मात्रामा फाइबर पाइन्छ । यसको सेवनले मधुमेहको समस्या भएका व्यक्तिको भोक मात्र नमारेर यसले स्मरण शक्तिमा कमी आउन दिँदैन । ड्राइ फ्रुट्सको सेवनले खाएको अन्य खानेकुरालाई राम्ररी पचाउन समेत मद्दत गर्छ ।

बदाम
बदामको सेवन पनि मधुमेहको समस्या भएका व्यक्तिहरूलाई फाइदाजनक मानिन्छ । यसमा रहेको फाइबर, प्रोटिन, राम्रो चिल्लो पदार्थ र लिपोइक एसिड मधुमेहका समस्या भएका व्यक्तिलाई धेरै नै फाइदाजनक मानिन्छ । बदाममा फाइबर भएको कारण यसलाई पचाउन सजिलो हुनुका साथै यसले रगतमा रहेको चिनीको मात्रालाई समेत नियन्त्रण गर्न मद्दत गर्छ ।

पेस्ता
पेस्ताले पनि शरीरमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । यसमा राम्रो चिल्लो पदार्थ भएको कारण मधुमेहको समस्या भएका व्यक्तिहरूले यसलाई नियमित खानपिनमा समावेश गर्नु राम्रो मानिन्छ । यसको सेवनले शरीरमा विशेष किसिमको स्फूर्ति समेत दिलाउने गर्छ ।

देशी बदाम
देशी बदामलाई धेरैले दिमागलाई बलियो बनाउन सेवन गर्ने गरेका छन् । तर यसको सेवनले रगतमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्न पनि सकिन्छ । यसमा म्याग्नेसियमको मात्रा प्रचुर रहेको हुन्छ जसले मधुमेहको समस्या भएका व्यक्तिहरूलाई फाइदाजनक मानिन्छ । बदामको सेवनले इम्युनिटी पावरलाई समेत बढाउन मद्दत गर्छ ।

काजु
मधुमेहको समस्या भएका व्यक्तिहरूलाई काजूको सेवन पनि फाइदाजनक नै मानिन्छ । काजूमा भिटामिन सी, फाइबर र पोटासियमको मात्रा प्रचुर रहेको हुन्छ । यो बाहेक यसमा धेरै किसिमका पोषक तत्त्व पनि रहेको हुन्छ । काजूमा क्यालोरी कम हुने हुनाले यसको सेवनले तौललाई नियन्त्रण समेत राख्छ । यसमा रहेका विभिन्न गुणहरूले तनावलाई समेत कम गर्ने गर्छ ।

मधुमेहको समस्या भएका व्यक्तिहरूले चिकित्सक वा डाइटिसियनको परामर्शमै खानपानको तालिका बनाउनु राम्रो मानिन्छ । माथि उल्लेखित खानेकुराहरू पनि चिकित्सक वा डाइटिसियनको सल्लाहमा सन्तुलन मिलाएर खाएमा फाइदाजनक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?