सेयर बजारमा भारी गिरावट, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

लोकपथ
1.1k
Shares

काठमाडौं । सेयर बजारमा पुन: गिरावट आएको छ । आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ बिन्दुमा पुगेको छ । आज नेप्से २.१७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १०.७० अंकले घटेर ५१९.३६ बिन्दुमा पुगेको छ ।

आइतबार कारोबार रकम पनि ६ अर्बमा खुम्चिएको छ । आज कुल २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर खरिदबिक्री गर्दा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर मूल्य बढेको छ, भने १२ समूहको सेयरमूल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै समूहको सेयरमूल्य घटेको छ ।

आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको सेयरमूल्य ५.८९ प्रतिशतले घटेको छ । त्यसैगरी, हाइड्रोपावर समूहको सेयरमूल्य ४.३ प्रतिशतले घटेको छ ।

आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाउँदा आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?