काठमाडौं । गैर आवासीय संघ (एनआरएनए) को आगामी दशौँ महाधिवेशनका लागि कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनएलाई संस्थागत र पारदर्शी बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको आचार्यले बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै उनले भने–‘ पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु’
गत नवौँ महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजीत आचार्य लण्डनमा व्यवसाय गरिरहेका छन् । आफूले विजयी भएमा एनआरएनएको संख्या ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने लगायतका मुद्दाहरु लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया