सत्तारुढ गठबन्धन बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिने र अध्यादेशबारे छलफल

लोकपथ
130
Shares

काठमाडौं । आइतबार (आज) सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे तत्काल निर्णय प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

बैठकमा गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्न आग्रह गरेका हुन् । त्यस्तै बैठकले सरकार सञ्चालनदेखि मन्त्रिपरिषद्सम्मलाई पूर्णता दिने जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ । बैठकमा मन्त्रीहरुको भागबन्डाको विषयमा समेत कुरा भएको थियो ।

सरकारले गत भदौ १ गते राजनीतिक दल विभाजन गर्न खुकुलो गरी ल्याएको अध्यादेशका विषयमा गठबन्धनमा विवाद रहेको छ ।

माधवकुमार नेपाललाई राजनीतिक दल गठनका लागि सहज हुनेगरी ल्याइएको अध्यादेशमा जनता समाजवादी पार्टीले आपत्ति जनाइरहेको छ । अध्यादेशका कारण एमालेबाट रुष्टिएको माधव समूह टुक्रिएर एकीकृत समाजवादी पार्टी गठन गरी सरकारलाई सहयोग गरिरहेको छ । भने सरकारलाई सहयोग गरिरहेको जनता समाजवादी पार्टीले भने उक्त अध्यादेशबारे आपत्ति जनाएको छ । उक्त अध्यादेशका कारण जसपाबाट महन्थ पक्ष बाहिरिएको कारण जसपा अध्यक्ष उपेन्द्र यादवले उक्त अध्यादेशलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।

उक्त अध्यादेशका विषयमा गठबन्धनभित्र विवाद चुलिएका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको कतिपयको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?