काठमाडौं । बाँकेमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । आफ्नै ३५ वर्षीया श्रीमती लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया