मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति पायो ?

लोकपथ
858
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मानुषी लघुवित्तको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । नेप्सेका अनुसार आज (आइतबार) कम्पनीको १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमएलबीएस (MLBS) सिम्बोल प्रदान गरेको छ । कम्पनीको आईपीओ सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुला हुनेछ ।

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?