८ कार्तिक २०७८, सोमवार

आर्मीको विजयी सुरुवात

२०७८,आश्विन,१०,आईतवार १३:३१


काठमाडौं । राजधानी काठमाडौंमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित गर्‍यो । यो जीतसँगै आर्मीले तीन अङ्क जोडेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने यही असोज १२ गतेदेखि हुनेछ । जारी प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेता टोलीले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । तेस्रो हुने टोलीले भने रु एक लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति: २०७८,आश्विन,१०,आईतवार १३:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । ताजिकिस्तानमा भोलिदेखि

काठमाडौं । मेयर कप भेट्रान फुटलब प्रतियोगिता अन्तर्गत आएको भएको खेलमा एफई खुमलटार भेट्रान र विजय युथ क्लब हेटौंडा भेट्रानले

काठमाडौं । पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका

काठमाडौं । आज प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै छन् । युनाइटेड र लिभरपुलबीचको खेल नेपाली

ताजा समाचार

मङ्सिर र पुसमा बाघ गणनाको तयारी
 २०७८,कार्तिक,८,सोमवार १०:५४
वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७