ईपीएल : विराटनगरलाई २ विकेटले पराजित गर्दै चितवन विजयी

लोकपथ
338
Shares

काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित हात पारेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले जित हात पारेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पुरा गरेको हो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।

यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।

विराटनगरका सिकन्दर राजा र करण केसीले समान २र२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले समान १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?