काठमाडौं । लतिलपुर, सर्लाही, सप्तरी र सुनसरीमा गरी ४ जना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-८ कुटि शौगल डेरा गरी बस्ने स्थायी वतन नखुलेका ५५ वर्षीय बालकृष्ण अवा आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सुनसरी, दुहबी नगरपालिका-१२ बुगडहरीस्थित खहरे खोलाको कल्भर्टमा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय सुनिल चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, रुपनी गाउँपालिका-१ स्थित खाडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, मलंगवा नगरपालिका-७ गणेशियास्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सन्दर्भमा छुट्टाछुट्टै अनुसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया