सेयर बजार अपडेट : ५२ अंकले घट्यो नेप्से

लोकपथ
143
Shares

काठमाडौं । कारोबार खुलेको २ घण्टा बित्दा सेयर बजार ५२ अंकले घटेको छ । १ बजार ३० मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक ५२.८८ अंकले घटेर २७६६.८६ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । यस अवधिमा १३ वटा उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी कम्पनीको सेयरमूल्य घटेको छ ।

यसैबीच, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?