कहाँ गए ११ प्रहरी ? ‘हेडक्वाटर’ले गर्‍यो सम्पर्कमा आउन आग्रह (सूचीसहित)

लोकपथ
1k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका ११ प्रहरी कर्मचारीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

गत साउनदेखि सम्पर्कमा नरहेका देशका विभिन्न ११ प्रहरी कर्मचारीहरुलाई सात दिनभित्र सम्पर्कमा आउका लागि आग्रह गरेको हो ।

आइतबार (आज) नक्सालले सूचना जारी गर्दै उनीहरुलाई बाटोको म्यादसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । यदि उचित स्पष्टीकरणसहित सम्पर्कमा नआएमा सेवाबाट समेत हटाउने चेतावनी दिएको छ । यसअघि पनि प्रहरी प्रधान कार्यालय नक्सालले पहरी नियमावली, २०७१ नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दै समेत उपस्थित नभएको बताइएको छ ।

‘तपाईँ देहाय विवरणका प्रहरी कर्मचारीहरु देहायको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खेली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईँ उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईँहरुको मौका प्रदान गरिएको बेहोरा जानकारी गरिएको छ ।’

यी हुन् बेपत्ता ११ कर्मचारी

चन्द्रदेव जोशी

हरिभक्त राई

शिव बहादुर जर्गा मगर

सुमन भण्डारी

खगेन्द्र थापा मगर

बिरबहादुर भण्डारी

विनोद बुढाक्षेत्री

अनिल कुमार गुरुङ

पदम बहादुर थापा श्रीस

डम्बर दियाल

प्रविन राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?