कपनबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

लोकपथ
442
Shares

काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका उज्ज्वल शव ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा फेला परेको हो ।

प्रहरीका अनुसार असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका हुन् । शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

शव बागमती नदि किनाराबाट मुल सडकसम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा रहेको र शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?