सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस कति ?

लोकपथ
210
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कूल १६ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । जसमा १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?