ईपीएल : विराटनगरको सुरुवाती २ ओभरमा ३ विकेट पतन

लोकपथ
351
Shares

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार विभिन्न दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिशपर्धा भइरहेको छ । विराटनगर र चितवनबीचको खेल बिहान ९:३० बजे सुरु भएको हो ।

चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । विराटनगर वारियर्सका ओपनर आसिफ शेख चौथो संस्करणको इपिएलमा चितवन टाइगर्सविरुद्ध खेलमा पहिलो बलमै आउट भएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती २ ओभरमा ३ विकेट गुमाउँदै १० रन बनाएको छ ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज भिड्ने छन् । भैरहवा र पोखराबीचको खेल दिउँसो १स्३० बजे सुरु हुनेछ ।

भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ । चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछ ।

यस अघि काठमाडौं किङ्स-११ ले उद्घाटन खेलमा जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?