फ्रेन्च लिग वान : पीएसजीको लगातार आठौं जित, १० अंकको अग्रता

लोकपथ
224
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार आठौं जित हात पारेको हो । शनिबार राति भएको खेलमा पीएसजीले मोप्लिएरलाई २-० गोल अन्तरले पराजित गगरेको हो ।

पीएसजीलाई जित दिलाउन इद्रिसा गुइए र जुलियन ड्राक्सलरले समान एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८८ औं मिनेटमा जुलियनले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस जितसँगै पीएसजीले ८ खेलमा ८ जितसहित २४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । मोप्लिएर ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?