रियलसँग भिल्लाको बराबरी, मड्रिड शीर्ष स्थानमा यथावत

लोकपथ
98
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेल्दै अँक बाँडेको हो ।

२३औं मिनेटमा रोड्रिगोको क्रसलाई भिल्लारियलका गोलरक्षक रुल्लीले बचाउ गरेका थिए । ३१औं मिनेटमा पिनोको पासमा पाको एल्कासेरको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाउँदा भिल्लारियल अग्रता लिनबाट चुकेको थियो ।

५१औं मिनेटमा कप्तान बेन्जेमाको हेडर सदुपयोग हुन नसक्दा रियल अग्रता लिनबाट चुकेको थियो ।

रियलले दोस्रो स्थानको सेभियासँग तीन अंकको अग्रता लिएको छ । योसँगै रियलले ७ खेलमा १७ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?