धनगढीमा सुत्केरी महिलाको मृत्यु, चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल घेराउ

लोकपथ
182
Shares

धनगढी । धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २६ वर्षिय कल्पना सिंह मल्लको शनिवार राती मृत्यु भएको हो । मृतक महिलाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

उनका श्रीमान सुरेश मल्लले डाक्टर जयराम केसीले नर्मल डेलिभरी हुन्छ भनेको भएपनि परिवारलाई जानकारी नगराई भ्याक्म प्रयोग गरी बच्चा निकालेको बताए । उनले अप्रेशन पश्चात् महिलामा उच्च रक्तश्राव भएको बताए । रक्तश्राव पश्चात् महिलाको मृत्यु भएको थियो ।

पीडितका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?