प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध गृह जिल्लामा विरोध प्रदर्शन

लोकपथ
442
Shares

वीरगञ्ज । राष्ट्रिय एकता अभियानले वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउतको विरुद्ध विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।
मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्वीर अंकित पोष्टर जलाएर विरोध गरिएको हो ।

विरोध जुलुसमा सहभागिहरुले मदरशा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए । वीरगन्जको माईस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाए ।

पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको दुत भएर आए.एस.आईको एजेन्टको रुपमा मुख्यमन्त्री राउतले काम गर्दै आएको र पाकिस्तानकै ईसारामा प्रदेश २ मा मदरशा शिक्षा विद्येयक ल्याएर तालिवान बनाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरीदैन, शिक्षामा कुनै प्रकारको विवेद छैन तर पनि मदरशा शिक्षा विद्येयक ल्याउनुको अर्थ के हो ?’ नेपाललाई इस्लामिकरण तर्फ धकेल्न योजना अनुरुप शिक्षा विद्येयक ल्याइएको उनको आरोप छ ।

मुख्यमन्त्री राउतले शिक्षा विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध आन्दोलनको आँधीवेरी ल्याउने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?