नेपालमा कोरोना : हाल कति छन् सक्रिय संक्रमित ?

लोकपथ
221
Shares

काठमाडौं – नेपालमा हाल १९ हजार ७ सय सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये १८ हजार ३४० जना होमआइसोलेसनमा र १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । ३६३ जना सघन उपचार कक्षमा तथा १०९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्याकंमा छ । शनिबार देशभर ९ सय ५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

१० हजार ५७९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७९० र एन्टिजेन विधिबाट १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट थप ६ जनाले ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?