चोरी गरेको अभियोगमा २४ वर्षीया युवती नियन्त्रणमा

लोकपथ
390
Shares

काठमाडौं – चोरी गरेको अभियोगमा प्रहरीले एकजना २४ वर्षीया युवतीलाई नियन्त्रणमा लिएको छ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीया पुष्पा सिटौलालाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले नियन्त्रणमा लिएको हो।

गएको असोज ६ गते दिउँसो १ बजेर ४० मिनेटमा सिटौलाले भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने सावित्री दवाडीको घरमा रहेको सुनचाँदी तथा नगद रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए।

उनलाई फलामको रड बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट १४ हजार ३ सय ५५ रुपैयाँ, सुनको मुन्द्रा ४ थान लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?