कोरोना : १ हजार ३ सय ७१ जना संक्रमणमुक्त हुँदा थपिए ९ सय ५३ संक्रमित

लोकपथ
377
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ७९ परीक्षणमा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यस्तै आज थपिएका संक्रमितमध्य काठमाडौं उपत्यकाका ३११ जना रहेकाछन् । काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?