ईपीएल : उद्घाटन खेलमा काठमाडौं विजयी

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले जित हात पारेको हो ।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले ।

यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?