८ कार्तिक २०७८, सोमवार

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो : विष्णु पौडेल

२०७८,आश्विन,९,शनिवार १५:४६


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशीयाली विकास बैंक (एडीबी)सँग शीघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । उनले भने, ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका कामहरु सम्पन्न भएका छन ।

अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍यो भने हाम्रो निम्ति मान्य हुने छैन । हामी सशक्त ढंगले जवाफ दिनेछौं । र सेकेन्ड इन्टरनेशनल एयरपोर्ट सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई बिनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शीघ्राधि शीघ्र सम्झौंता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ । हामी सो कामलाई रोक्न दिने छैनौं ।’

उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुनेगरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दाबी समेत गरे । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौती गरेको भन्दै असन्तुष्टि समेत जनाए ।

 

 

प्रकाशित मिति: २०७८,आश्विन,९,शनिवार १५:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

काठमाडौं । दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) डिस्चार्ज भएका छन्

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९